Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल जेसिजको अध्यक्षमा बिनोद घिमिरे बिजयी

बुटवल जेसिजको अध्यक्षमा बिनोद घिमिरे बिजयी

  • 6.4K
    SHARES

  • बुटवल जेसिजको अध्यक्षमा बिनोद घिमिरे बिजयी

    बुटवल ,पुस  २८ ।

    बुटवल जेसिजको ५० औँ शाखा अधिवेशनबाट अध्यक्षमा बिनोद घिमिरे निर्वाचित भएका छन् । वर्ष सन् २०२४ को नेतृत्वकालागि भएको अधिवेशनमाअध्यक्षमा  घिमिरे र अर्जुन ज्ञवालीले प्रतिस्पर्धा गरेका थिए ।

    निर्वाचनमा विजेता घिमिरेले ५९ मत प्राप्त गरेका थिए भने उपविजेता ज्ञवालीले ७ मत प्राप्त गरे । यहाँ ६८ भोट थियो ।बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्षमा ५७ मतसहित कमल शर्मा  र ४९ मतसहित माधव पराजुली निर्वाचित भए ।

    उपाध्यक्षमा प्रकाश गैरे , अनिल पौडेल,मनोजलाल श्रेष्ठ,बिशाल  पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । जेसीजको बिधान अनुसार महासचिव केशब श्रीस, कोषाध्यक्षमा यदुमणि पोखरेल र कानुनी सल्लाहकार मोहन न्यौपाने र सिइए टु प्रेसिडेन्टमा अर्जुन ज्ञवालीलाइ अध्यक्षले मनोनित गरेका छन् ।

    त्यस्तै सहसचिवमा बाबुराम लम्साल र सहकोषाध्यक्षमा सरोज पोखरेल चयन भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology