Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल कालिकानगरमा पृथ्वीनारायण शाहको शालिक अनावरण 

बुटवल कालिकानगरमा पृथ्वीनारायण शाहको शालिक अनावरण 

  • 4.2K
    SHARES

  • बुटवल कालिकानगरमा पृथ्वीनारायण शाहको शालिक अनावरण 

    बुटवल,पुस  २७ ।

    बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल कालिकानगरमा निर्माण गरिएको शाहको शाालिक ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आज अनावरण गरिएको हो ।

    राप्रपाका नेता रुपसिंह थापा, निलम अधिकारीलगायतको अगुवाइमा बुटवल उपमहानगरपालिका– १० राजमार्ग चौराहादेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा उक्त सालिक निर्माण गरिएको हो ।

    करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त शालिक निर्माण गरेको थापाले जानकारी दिनुभयो । सो शाालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ उपलब्ध गराएको उहाँको भनाइ छ । अपुग रकम भने स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र दाताहरुबाट संकलन गरिएको हो ।

    राप्रपा नेता रुपसिंह थापाको अगुवाइमा गत वर्षको पुस २७ गते सालिक निर्माणको शिलान्यास गरिएको थियो । बुटवल उपमहानगरपालिका– १० का वडा अध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त सालिकको अनावरण भने थापाले गर्नुभयो ।
    ढलोटबाट निर्माण गरिएको सो शाालिक सात फिट अग्लो छ ।

    शाहको शालिकपछि सो स्थानमा आजैबाट चहलपहल बढेको छ ।prithivi narayan salik butwal (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology