बुटवल, पुस २६ ।
न्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा हुने लुम्बिनी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता यहीँ पुस २९ गतेबाट सुरू हुँदैछ । प्रतियोगिताको ३० औं संस्करणको प्रथम चरण आउँदो आइतबार तीन वटा केन्द्र बुटवल, दाङको लमही र पाल्पामा हुन लागेको हो ।
प्रदेशका १० जिल्लाबाट सहभागी हुने प्रतियोगिताको तयारी पूरा भएको विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले २९ गते तीन वटा केन्द्रबाट छनौट भई आउने ६ टिमको फाइलन प्रतियोगिता माघ २६ गते बुटवलमा हुने जानकारी दिए ।
‘तीन वटा केन्द्रबाट दुई-दुई टिम प्रथम र द्धितीय फाइलनमा सहभागी हुनेछन’ उपाध्यायले भने, ‘बुटवल केन्द्र हाम्रो विद्यालयमा रुपन्देही कपिलवस्तु र नलपरासी, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँची र दाङको लमहीमा दाङ, रोल्पा, बाँके र बर्दियाका विद्यालय सहभागी हुनेछन ।’
प्रतियोगितामा प्रथम हुने विद्यालयले ३३ हजार, द्धितीय हुनेले २४ हजार, तृतीय हुनेले १८ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै तीन वटै केन्द्रमा प्रथम हुनेलाई ९ हजार, द्धितीय ६ हजार, तृतीयलाई ४ हजार ५ सय शिल्ड मेडल र प्रमाणपत्रकोको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा आयोजक विद्यालय सहभागी हुनेछैन ।
गत वर्ष तुलसी मावि लमही, प्रथम, एभरेष्ट मावि बुटवल द्धितीय र बुद्ध पब्लिक मावि तृतीय भएका थिए । बौद्धिक प्रतिभा प्रस्फुटन गर्दै आत्मिय सम्बन्ध स्थापना गर्दै ज्ञान विज्ञानका गहन पक्ष अभिवृद्धि गर्ने उद्देश्य सहित २०५० सालदेखि प्रतियोगिता विद्यालयले सुरू गरेको कार्यक्रम संयोजक कमलापति अर्यालले जानकारी दिए । साे अवसरमा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेखरेल,उपप्राचार्य बासुदेब अर्याल,शिक्षकहरू प्रकाश खनाल,पशुपति अर्याल लगायतले बाेलेका थिए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)