Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल चिकित्सक संघ लुम्बिनीमा कृष्ण खरेलको नेतृत्व

नेपाल चिकित्सक संघ लुम्बिनीमा कृष्ण खरेलको नेतृत्व

  • 978
    SHARES

  • नेपाल चिकित्सक संघ लुम्बिनीमा कृष्ण खरेलको नेतृत्व

    बुटवल, पुस २६ ।

    नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा. कृष्ण खरेल चयन भएका छन् । संघको कार्यकारिणी समिति २०८०-२०८३ कार्यकालका लागि खरेलको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व सर्वसम्मत चयन भएको हाे ।  

    जसको वरिष्ठ उपाध्यक्ष डा. सन्दिप सुवेदी, उपाध्यक्ष डा.वर्षा थापा, महासचिव डा.प्रकाश बस्नेत, कोषाध्यक्ष डा.रमेश भट्टराई, सहसचिव डा. मोहनलाल तिवारी, सहकोषाध्यक्ष डा. अमित चतुर्वेदी र सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बश्याल, डा. सदिक्षा चापागाई, डा. आकाश शाही रहेका छन् ।

    चिकित्सा क्षेत्रमा पछिल्लो समय बढेको विकृतिका बिरुद्ध आफ्नो उम्मेदबारी दिएको अध्यक्ष डा. कृष्ण खरेलले बताए । हरेक बिरामीलाई उपचार गरेर मृत्युको मुखबाट फर्काउन चाहने सहित चिकित्सक सेवा दिने गरेको भएपनि कतिपय दुर्घटनालाई गलत ढंगबाट ब्याख्या गर्ने प्रवृद्धिलाई चिर्न जरुरी रहेको उनले बताए । सरकारले कानुन बनाएर बिकृति रोक्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ । शाखामा ४ सय जना चिकित्सकहरु आवद्ध छन् भने देशभरमा ३५ हजार चिकित्सकहरु संघमा आवद्ध रहेको तथ्यांक रहको छ ।

    १३ पदका लागि मात्र उम्मेदवारी परेसंगै सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक श्रीधर आचार्यले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology