बुटवल,पुस ६-
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि झरना स्पोर्टिङ क्लब कुन्जलापुर हात पारेको छ । फाईनल प्रतिस्प्रर्धामा सिद्धार्थ युवा क्लब, चपरहट्टीलाई सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो ।
उपाधिसंगै झरनाले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता सिद्धार्थ नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा सिद्धार्थका सबि गुरुङ बेष्ट फरवाड, झरनाका मनोज श्रेष्ठ बेष्ट डिफेन्स, झरनाका कुशल बिक बेष्ट किपर, झरनाकै निलप्रसाद छन्त्याल बेष्ठ कोचबाट पुरस्कृत भएभने हाई स्कोरर सिद्धार्थका विश्वास थापा र बेष्ट प्लेयर अफ टुनामेन्ट झरनाका अजय थापा घाषित हुदै माउन्टेन बाईक उपहार पाए ।
एक कार्यक्रमका बिच स्वर्गीय प्रचण्ड थैवका माता सुकन्या थैव, श्रीमती लक्ष्मी थैव, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमल थापा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
क्लबमा अध्यक्ष दिपक गुरुङले ब्यवसायिक खेलाडी उत्पादनमा आफुहरु लागेको बताए । क्लबबाट एकेडेमी स्थापना गरि युवा खेलाडी उत्पादन गर्ने तथा प्रतियोगितालाई गोल्डकपका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)