Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल- ११ स्थित प्रगति माविले रजत जयन्ती महोत्सव मनाउँदै

बुटवल- ११ स्थित प्रगति माविले रजत जयन्ती महोत्सव मनाउँदै

  • 1.2K
    SHARES

  • बुटवल- ११ स्थित प्रगति माविले रजत जयन्ती महोत्सव मनाउँदै

    बुटवल,पुस २५।

    बुटवल उपमहानगरपालिका ११ स्थित प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ऐतिहासिक २५ औँ वार्षिकोत्सबको अवसरमा विद्यालय ब्यवस्थापन समितिले विविध कार्यक्रम गरि रजत महोत्सव मनाउने भएको हो ।

    बुधबार पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरि मनाउन विभिन्न तयारी उपसमितिहरु गठन भएको बताईन् ।

    विद्यालयमा विद्यालयस्तरीय खेलकुद, सास्कृतिक झाकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम गरि मनाउने भएको उनले बताईन् ।

    कार्यक्रममा विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा बिस २०५४ सालमा स्थापना भएको विद्यालय शैक्षिक योगदान दिदै आएको बताए ।

    श्रमिक, गरिब, जनजातीहरुका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानिय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए ।

    बिस २०७२ सालमा भकम्पबाट प्रभावित विद्यालय पुर्ननिर्माण गर्न नसकिएको उनले बताए। सरकारको दृष्टिकोण सामुदायिक विद्यालयमम केवल १० प्रतिशत रकम बजेट पर्याप्त नभएको उनले बताए । विद्यालयले पहिलोपटक प्रगति माबि स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए ।

    कार्यक्रममा विद्यालयका सल्लाहकार भोज बहादुर केसी, विद्यालयका शिक्षक अभिभावक समितिका अध्यक्ष लोकनाथ शर्माले विद्यालयमा सबैको सहयोग जरुरी रहेको बताए । विद्यालयमा अहिले २१ शिक्षक-कर्मचारी र ६ सय विद्यार्थीहरु अध्ययरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology