बुटवल,पुस २४ ।
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको पाचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद धनेन्द्र कार्कीको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण विशिष्ट अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै सांसद धनेन्द्र कार्कीले सामुहिक कार्य सम्पादनमा समुह र समाजले उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
उहाँले समुहगत रुपमा विभिन्न सामाजिक कार्य गर्न गुल्मी चारपाला समाजले पनि राम्रो काम गरेको भन्द्र प्रशंसा गर्नु भयो । उहाँले सामुदायिक विकासका लागि गुल्मी चारपालाले अझै उदाहरणीय कार्य गर्नु पर्ने बताउनुभयो ।
समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी दरबार गाउपालिकाका प्रमुख सरोज कुमार थापा, नवलपरासी जिल्ला पश्चिम बर्दघाटका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, समाजका सल्लाहकार हेमलाल शर्मा, अधिवक्ता गोकर्ण सिह थापा,प्रकाश टण्डन, कलाकार नारायण बीपी परियार, कलाकार हिमाल कुँवर लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
विकास टण्डनको संचालन तथा उपाध्यक्ष ढक बहादुर टण्डनको स्वागतमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक काजीमान टण्डनले जानकारी दिनुभयो । सो अवसरमा क्यान्सर रोगबाट पीडित साबित्रा राना र मिर्गौला रोगबाट पीडित मिलन लांङटाङेलाई जनही १० हजार एक सयका दरले सहयोग गरिएको अध्यक्ष उषा खत्रीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)