Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता,दुई सिटमा ७ उम्मेदवार

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता,दुई सिटमा ७ उम्मेदवार

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेश : राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता,दुई सिटमा ७ उम्मेदवार

    बुटवल,पुस  २४ ।

    लुम्बिनी प्रदेशमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दलबलसहित सोमवार उम्मेदवारी दर्ता गराएका थिए । रिक्त हुन थालेको दुई सिटका लागि लुम्बिनीमा पाँच दलका सात जनाको उम्मेदवारी परेको छ ।

    सत्ता गठबन्धन भित्रका काँग्रेस र माओबादीबाट मिलेर उम्मेदवारी परेको छ ।  लुम्बिनीमा जित कस्को होला ? कस्को कति मत भार छ ? लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् । एक सय नौ  स्थानीय तहका दुई सय एक प्रमुख-उपप्रमुख छन् ।प्रदेश सभा सदस्यको एक मत बराबर ५३ र स्थानीय तहका पदाधिकारीको  एक मत बराबर १९ मत भार गणना हुने गर्छ ।

    राष्ट्रिय सभा सदस्य चुन्न लुम्बिनी प्रदेशमा कुल  तीन सय पाँच जना मतदाताले भाग लिन पाउने छन् ।  यो प्रदेशमा  प्रदेश सभा सदस्य तर्फ कूल मत भार चार हजार ६ सय ११ र स्थानीय तह तर्फको कुल मतभार चार हजार एक सय ४२ रहेको छ । यो  प्रदेशमा कूल मतभार आठ हजार सात सय ५३ रहेको छ ।

    लुम्बिनीमा  दलगत मत भारको अंकगणितलाई विश्लेशन गर्दा नेपाली कांग्रेसको मतभार सबैभन्दा बढी तीन हजार एक सय ७९ छ । काँग्रेसका २७ प्रदेश सभा सदस्य छन् ।  कांग्रेसको प्रदेश मतभार एक हजार चार सय ३१ छ  । त्यस्तै उस्को स्थानीय तहतर्फको मतभार एक हजार सात सय ४८ छ । लुम्बिनीमा कांग्रेसका ९२ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेका छन् ।

    नेकपा माओवादी केन्द्रको कूल मतभार एक हजार तीन सय ४३ छ । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रको प्रदेश मतभार पाँच सय ८३ छ भने ४० जना स्थानीय तहका प्रमुख-उपप्रमुख जितेको माओवादीको स्थानीय तह मतभार सात सय ६० छ ।

    लुम्बिनीमा जनता समाजवादी पार्टीको कूल मतभार दुई सय ७३ छ । तीन प्रदेश सभा सदस्य रहेको जसपाको प्रदेश मतभार एक सय ५९ र ६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेको जसपाको स्थानीय तह मतभार एक सय १४ छ ।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीको कूल मतभार दुई सय १२ छ । ४ प्रदेश सभा सदस्य रहेको यो दलको प्रदेश मतभार दुई सय १२ छ भने स्थानीय तहतर्फ यो दलको मत भार भने शून्य छ ।त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको कूल मतभार दुई सय ३५ छ । तीन प्रदेश सभा सदस्य रहेको यो पार्टीको प्रदेश मतभार एक सय ५९ छ ।  ४ जना स्थानीय तहका प्रमुख-उपप्रमुख रहेको यो पार्टीको स्थानीय तह मतभार ७६ छ ।

    नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेशमा कूल मतभार ५३ छ । यो पार्टीको एक जना प्रदेश सभा सदस्य मात्रै छन् । यस्को स्थानीय तह शून्य छ ।यो प्रदेशमा राष्ट्रिय जनमोर्चाको कूल मतभार एक सय २९ छ । यस्को एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहतर्फ चार गरि मतभार ७६ छ । गठबन्धनमा आबद्ध सात राजनीतिक दलको कूल मतभार पाँच हजार चार सय ७७ छ ।  यी सबै सत्ता गठबन्धन भित्रका दलहरु हुन ।कूल मतभार आठ  हजार सात सय ५३ मध्य गठबन्धनको मतभार जितका लागि प्रयाप्त छ ।

    त्यस्तै सत्तारुढ गठबन्धन भित्रकै दल भएपनि लुम्बिनीमा जनमत पार्टीले एक जना आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । जस्को कूल मतभार एक सय ५९ मात्रै छ । उस्का तीन प्रदेश सभा सदस्य छन् भने  स्थानीय तह शून्य छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभालाई मात्रै नियाल्दा सबै भन्दा ठूलो दल हो । एमालेका २९ जना प्रदेश सभा सदस्य छन् ।  उस्को प्रदेश मतभार एक हजार पाँच सय ३७ पुग्छ । एमालेले ६७ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख जितेको छ ।  उस्को स्थानीय मतभार एक हजार दूई सय ३७ छ । प्रदेशबाट दुईवटै सिटमा उम्मेदवारी दर्ता गराएको एमालेको कुल मतभार भने जम्मा दुई हजार आठ सय १० मात्रै छ ।

    लुम्बिनीमा पनि राप्रपाले दुईवटै सिटमा उम्मेदवारी दिएको छ । तर उस्को कूल मतभार दुई सय ६९ मात्रै छ । ४ प्रदेश सभा सदस्यको मतभार दुई सय १२ र स्थानीय तहका तीन प्रमुख-उपप्रमुख जितेको हुँदा उस्को स्थानीय तहको मतभार  ५७ मात्रै छ । त्यसैले फरक तालमेल नहुने हो भने राप्रपाको संभावना पनि यहाँ छिन देखिन्छ ।

    यो प्रदेशमा जनता प्रगतिशील पार्टीको मतभार ३८ मात्रै छ । स्थानीय तहतर्फ दुई ठाउँमा उस्ले जितेको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology