बुटवल,पुस २४ ।
बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजू स्मृति प्रतिष्ठान (ट्रष्ट) बुटवलले विद्यार्थीलाइ न्यानो कपडा बितरण गरेको छ। स्व.गणेशमान सैजूको पून्य तिथीको अवसरमा बर्दिया बारबर्दीया ३ को नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो।
बिद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलको आग्रहमा ट्रस्टबाट न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) तथा मिलिजुली परिवारका संरक्षक रारा सैजु (रेखा) ले जानकारी दिइन्। नेपालगन्ज जेसीज अध्यक्ष,पूर्व अध्यक्ष र नेपाल जेसीजको पूर्व उपाध्यक्ष लगायतको उपस्थितमा न्यानो कपडा बितरण गरिएको हो।
चिसो मौसम बढिरहेको अवस्थामा अति विपन्न एवं सुकुम्बासी बस्तीमा बस्ने उनीहरूलाइ न्यानो कपडा बितरण गरिएको हो। 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)