बुटवल,पुस २३ ।
बुटवलमा सौन्दर्यकला सम्बन्धी तालिम लिएका प्रशिक्षार्थीलाई एक कार्यक्मका बिच प्रमाणपत्र प्रदान गरिएको छ । १० दिन देखि ३ महिना सम्मको तालिम लिएका १०५ जना नेल आर्टिस, हेयर आर्टिस, मेकअप आर्टिस, ब्युटिसियनलाई प्रमाण पत्र वितरण गरिएको हाे ।
बुटवलको विपी चोकमा रहेको हाउस अफ व्युटीको आयोजनामा संस्थामा तालिम लिएका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको हो ।अन्तराष्ट्रिय मेकअफ आर्टिस तथा प्रशिक्षक सोनिस्ता लामा चन्द र सिईयो डा.दिपेन्द्र चन्दले आईतबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे ।
कपिलवस्तुको चार नम्बर जीतपुरमा हाउस अफ व्युटीको मुख्य कार्यालय रहेको छ भने बुटवलको विपी चोकमा शाखा कार्यालय रहेको छ । यो भन्दा पहिला काठमाडौंमा २ पटक, चितवन र हेटौडामा १-१ पटक मेकअप सेमिनार समेत सम्पन्न गरिसकेको अन्तराष्ट्रिय मेकअप आर्टीस् तथा ट्रेनर सोनिस्ता लामा चन्दले जानकारी दिईन । उनले ब्राजिल, सिंगापुर र रसियाकाबाट अन्तर्राष्ट्रिय ब्युटि तालिम समेत लिईसकेकी छिन् ।
हाल सम्म ४ हजार बढिलाई तालिम प्रदान गरिसकेको जानकारी दिदै उनले अहिले भने हेयर, नेल, मेकअफ, स्कीन लगायतका विभिन्न विधामा तालिम प्रदान गरिएको जानकारी दिइन् ।
तालिममा प्रमाणपत्र प्रदान गर्दै हाउस अफ व्युटीका मुख्य सञ्चालक समेत रहेकी चन्दले सिकेको सिपलाई व्यवहारमा लागू गरेर सौन्दर्यकला व्यावसायबाट राम्रो आम्दानी गर्न सकिने बताएकी थिईन । यो तालिममा काठमाडौं, ताप्लेजुङ, सुर्खेत, चितवन, गुल्मी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
हाउस अफ व्युटीमा हाल १३ जना भन्दा बढिले रोजगारी समेत पाएका छन् ।जसले अन्तराष्ट्रिय स्तरको व्युटी पार्लर सम्बन्धि सबै तालिम प्रदान गर्दै आएको छ । साे अवसरमा हाउस अफ व्युटीमा कार्यरत पुराना कर्मचारीलाइ समेत सम्मान गरिएको कार्यक्रम संचालक सुमन श्रेष्ठले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)