Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

स्विफ्ट एजुकेशनको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

स्विफ्ट एजुकेशनको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

  • 1.5K
    SHARES

  • स्विफ्ट एजुकेशनको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

    बुटवल,पुस २३ ।

    स्विफ्ट एजुकेशको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । काठमाडौंको सानेपामा केन्द्रीय कार्यालय रहेको स्विव्त एजुकेशनले युवाहरुलाई स्वदेश तथा विदेशमा सतप्रतिशत जब ग्यारेन्टीका साथ प्राविधिक शिक्षा प्रदान गर्दछ ।

    ६ महिन प्राबिधिक शिक्षा जस्तै ग्राफिक डिजाइनिंग, सफ्टवेयर इन्जिनियरिंग तथा इन्टरप्रिनरसिपका विभिन्न कोषहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका लागि तयार पारिने स्विव्त एजुकेशनका सञ्चालक सुवास शाहीले जानकारी दिए ।

    विशेष गरी अध्ययनका लागि विदेश जान चाहने युवाहरुको आकर्षण बढी रहेको बताउँदै उनले ती युवाहरुलाई कुनै न कुनै सीप लिएर मात्रै विदेश जाँदा सजिलो हुने भएकाले प्राविधिक शिक्षामा जोड दिए । 

    सो कम्पनीसँग सहकार्य गर्नेगरी भएको सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै अभिनेत्री पन्तले युवाहरु रोजगार तथा शिक्षाका लागि विदेश जाने प्रचनको बिकास भैरहेको बेला उनीहरुलाई कुनै पनि प्राविधिक सीपमा दक्ष बनाएर पठाउने कुरा सकारात्मक भएको उल्लेख गरिन् ।

    आफ्नो भविष्य निर्माणका लागि युवाहरुले देश तथा विदेशमा गएर गर्ने कुनै पनि काम वा अध्ययनलाई सहज बनाउन सीप नै आवश्यक पर्नेहुँदा त्यस क्षेत्रमा स्विफ्ट एजुकेशनले गरेको प्रयास सकारात्मक भएको उल्लेख गरिन् । सीप सिकेपछि स्वदेशमै पनि केही गर्न र अत्मनिर्भर बन्न सकिने उल्लेख गरिन् ।

    नेपाली चलचित्र ‘अझैपनि’ बाट डेब्यु गरेकी अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित छिन् । उनले आमा, धनपति, रोमियो एण्ड मुना, चंगाचेट, गोपी, घर, भैरे आदि फिल्ममा अभिनय गरिसकेकी छन् । बुटबलमा जन्मीएकी पन्त पछिल्लो समय क्लव हाउसमा सक्रिय देखिन्छिन् । विभिन्न विषयमा हुने छलफलमा सहभागी बन्ने गरेकी उनले आफ्ना विचार तथा अनुभवहरु खुलेर राख्ने स्वभावले युवाहरुमाझ लोकप्रिय मानिन्छिन् ।

    सम्झौतापत्रका स्विफ्ट एजुकेशनकोतर्फबाट सञ्चालक सुवास शाहीले हस्ताक्षर गरेका छन् । सो अवसरमा उनले आजको युगमा युवाहरु कुनै न कुनै सीपमा दक्ष हुन आवश्यक रहेको उल्लेख गरे । व्यवसायिक सफलताका लागि नयाँ-नयाँ प्रविधि र ज्ञानसँग जोडिन आवश्यक रहेको बताउँदै सोही अनुसार युवाहरुलाई प्रेरित गर्नेगरी स्विव्त एजुकेशनले काम गरिरहेको उल्लेख गरे ।

    यो सहकार्यले ब्रान्डको उल्लेखनीय उपलब्धि हासिल हुने विश्वास लिइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology