बुटवल,पुस १९ ।
" पौडी स्वास्थ्यका लागि खेलाडी रास्ट्रका लागि " भन्ने मुल नारा सहित रास्ट्रीय खेलकुद परिषद अन्तरगत नेपाल पौडी संघ लुम्बिनी प्रदेश पौडी संघको कार्यसमिति गठन भएको छ।
प्रारम्भिक भेलाका सम्योजक प्राज्ञिक ब्यक्तित्व टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जयप्रकाश भट्टराई रहनु भएको थियो। कार्यक्रमका बिशिस्ट अतिथि नेपाल स्विमिङ असोसिएसन का अध्यक्ष एवम Asia swimming Federation का उपाध्यक्ष अशोक रत्न बज्राचार्यले कार्यक्रमको औचित्य माथी प्रष्ट पार्नु भएको थियो।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथिले लुम्बिनी प्रदेशमा पौडिको सम्भावना र अवसरको बारे चर्चा गर्दै छिट्टै रास्ट्रीय स्तरको पौडी प्रतियोगिता सम्पन्न गर्न प्रदेस खेलकुद परिषदको प्रतिबद्दता रहेको व्यक्त गर्नु भयो।
गरिमामय कार्यक्रमले लुम्बिनी प्रदेश पौडी संघ कार्यसमिति गठन गरेको छ जसको अध्यक्षमा टेकबहादुर थापा उपाध्यक्षमा सन्जय थापा सचिबमा चुडामणी डुम्रे कोषाध्यक्षमा बासु शर्मा सदस्य हरुमा डा. मीन प्रसाद खनाल, सुरेश लिगल, दिपक केसि, चन्दनारायण चौधरी , बुलबुल श्रेष्ठ , झरना थापा र जय प्रकाश भट्टराई रहनु भएको छ।
सोही कार्यक्रमले टेकबहादुर थापा र जय प्रकाश भट्टराईलाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ। कार्यक्रममा बुटवल उपमहानगर पालिका वार्ड ५ का अध्यक्ष हरि श्रेष्ठ र ट्राफिक एक्स्पर्ट एडभाइजर एवम नेपाल पौडी संघ केन्द्रिय महासचिव जगतमान श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई बधाई र सुभकामना दिनु भएको थियो। टेक बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चुडामणी डुम्रेले गर्नु भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)