Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मिलनचोकमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु,पहिचान खुलेन

मिलनचोकमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु,पहिचान खुलेन

  • 1.9K
    SHARES

  • मिलनचोकमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु,पहिचान खुलेन

    बुटवल,पुस १७ ।

    बुटवल मिलनचाेकमा त्रायुबाहक बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

     बुटवल ८ मिलनचोकमा भएको उक्त दुर्घटनामा साईकलयात्री अन्दाजी ४० वर्षीय पुरुष घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।

    अहिले प्रहरीले मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ भने ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology