बुटवल,पुस १७ ।
लियो क्लब अफ बुटवल मेट्रोसीटिले टोपी दिवस मनाएको छ। नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र बुटवलमा रहेका करिब ७५ जना प्रहरीलाई ढाका टोपी लगाइ चियापान सहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लियो बर्ष २०२३-२४ का अध्यक्ष सञ्जीव सुनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्यालय प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारी र बिशिस्ट अथिति लायन्स डिस्ट्रीक कोअर्डिनेटर सन्दिप कसौधनले ११औ नेपाली पोसाक र ढाका टोपी दिवस तथा अङ्ग्रेजी बर्ष २०२४ को शुभकामना व्यक्त गर्नुभयो ।
कार्यालय प्रमुख भण्डारीले हराउदै गरेको कला र सस्कृति को जगेर्ना गर्न लियो क्लब अब बुटवल मेट्रोसीटिले चालेको यो कदम एकदमै प्रसंसनिय भएको बताउनुभयो ।
डिस्ट्रीक कोअर्डिनेटर कसौधनले लियो मेट्रोसीटिले सदैव उत्कृष्ट कार्यक्रम गरिरहेको बताउनुभयो । क्लवकापुनम कुवरले सन्चालन गरेको कार्यक्रमको संयोजन अमित गुप्ताले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)