बुटवल,पुस ५-
विश्व हिन्दू महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक रुपन्देहीमा बस्ने भएको छ । बैठक बुटवलको मुक्तिनाथधाममा पौष ११ र १२ गते दिउसो १ बजेबस्ने तय गरिएको विश्व हिन्दू महासंघ नेपालले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यकारिणी समिति र जिल्ला अध्यक्षहरुको भेला हुने जनाइएको छ । बैठकले महत्वपूर्ण निर्णय समेत गर्ने केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारीले नागरिक अनलाइनलाई जानकारी दिए ।
सो बैठकमा सम्पूर्ण केन्द्रीय पदाधिकारीहरु,सदस्यहरु तथा जिल्ला अध्यक्षहरु सबैलाई अनिवार्य उपस्थिति भैदिनुहुन समेत अनुरोध गरिएको कार्यसमिति सदस्य डिल्लीप्रसाद शर्मा आचार्यले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)