Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मिलन बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन

मिलन बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन

  • 2.2K
    SHARES

  • मिलन बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन

    बुटवल,पुस १५ ।

    मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा तथा १० औं अधिवेशनले सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष योगेश घिमिरेको अध्यक्षता संस्थाका सचिव धर्मविर खत्रिको संचालन तथा उपाध्यक्ष राजेश भटटराईको स्वागतमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको भावना अनुसार चलेकाले संस्थाको राम्रो प्रगति भएको तथा अवका दिन पनि सेयर सदस्यको हित र सहकारीको मर्म अनुसार चलाउने बताएका थिए ।

    कार्यक्रम २४ औ अधिवेशनमा सहकारीका सल्लाकार संस्थाका अध्यक्ष योगेश घिमिरेको धुर्वकुमार पौडेल,पुर्व अध्यक्ष गोपाल टन्डन सेयर सदस्य सुरेन्द्र ज्ञवालि लगाएतले बोल्नुभएको थियो । कुल बचत आठ करोड रहेको मिलन सहकारीले छ करोड पचासलाख लगानि गरेको कोषध्य ज्ञानप्रसाद अर्याल बताउनु भयो ।  

    कार्यक्रममा कोषध्यक्ष ज्ञान प्रसाद अर्याले आर्थिक लेखा संयोजकले विजयकुमार गुप्ता लेखा प्रतिबेदन अध्यक्ष योगेश घिमिरेले संस्थाको वार्षि प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो ।

    यसै विच मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा तथा १० औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । राजेश भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा धर्मवीर खत्री, सचिवमा ज्ञानप्रसाद अर्याल र कोषाध्यक्षमा टिकाराम पन्थी, गोकणर् पाण्डे, विजयकुमार गुप्ता मिठु भण्डारी, सरस्वती न्यौपाने, रोहित भुसाल र बालनरसिंह कुवर रहेका छन । त्यस्तैगरी लेखा समितिको संयोजकमा रुक्मांगत बस्याल रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology