Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘हिन्दुराज्यका पक्षमा ब्राह्मण समाज सधैँ शशक्त भएर उभिन्छ’

‘हिन्दुराज्यका पक्षमा ब्राह्मण समाज सधैँ शशक्त भएर उभिन्छ’

  • 1.4K
    SHARES

  • ‘हिन्दुराज्यका पक्षमा ब्राह्मण समाज सधैँ शशक्त भएर उभिन्छ’

    बुटवल,पुस १५ ।

    ब्राह्मण समाज नेपाल बुटवल नगर कार्यसमितिको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।बुटवल १३ झोलुङ्गे पुलमा भएको भेलामा बोल्ने वक्ताहरूले ब्राह्मण समाज शशक्त भएर हिन्दुराज्यका पक्षमा उभिनुपर्ने बताएका छन् ।

    समाजका नगर अध्यक्ष हरि प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सह अध्यक्ष रोमणी पाठकले कुकर्मबाट बच्न पनि धर्मको आवश्यकता रहेको उल्लेख गरे। पाठकले संसारमा कुनै जात ठुलो र सानो नहुने भन्दै अब हरेक सन्तानलाई संस्कार सिकाउनुपर्ने बताए ।

    उनले सो अबसरमा यहि पुस २० र २१ गतेसमाजको केन्द्रिय अधिवेशन दाङमा हुने तयारी भएको र सबैलाई सहभागीता जनाउन आग्रह गरे ।कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष माया पाठक ,केन्द्रीय कार्यसम्पादक सदस्य पार्वती भण्डारी ,बिशिस्ट अतिथि जिल्ला अध्यक्ष टोपलाल भुसाल,नगर सचिव नारायण भट्टराई लगायतले बोलेका थिए ।

    सो अवसरमा नगरका १९ वटैवडामा रहेका समितिलाई प्रमाणपत्र बितरण गरिएको जिल्ला सहसचिव कमला पन्थले बताईन् ।

    bramad samaj rupandehi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology