Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बिवाहमा फजुल खर्च नगरेका बस्नेत जाेडीले साेही पैसाले गाउँमै चलाए स्वास्थ्य शिबिर

बिवाहमा फजुल खर्च नगरेका बस्नेत जाेडीले साेही पैसाले गाउँमै चलाए स्वास्थ्य शिबिर

  • 3.7K
    SHARES

  • बिवाहमा फजुल खर्च नगरेका बस्नेत जाेडीले साेही पैसाले गाउँमै चलाए स्वास्थ्य शिबिर

    बुटवल,पुस १५ ।

    गुल्मीमा एम नव बिवाहित एक दम्पतीले बिवाहमा गर्ने फजुल खर्चलाई कटाएर सामाजिक कार्यमा लगानी गरेका छन ।

    गुल्मीको रेसुङ्गा नगरपालिका ३ अन्र्तगत भाडगाउँका सञ्चारकर्मी समेत रहनु भएका नवबिवाहित मोहन बस्नेतलले बिवाहको भोजमा गर्ने फजुल खर्च रकमलाई कटाएर गाउँका गरीब तथा विपन्न नागरिकका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गर्नु भएको छ ।

    उहाँले आफ्नो जन्मभूमिमा केही भएपनि सेवा गर्नुपर्छ भनेर बिवाहमा पनि कुनै प्रकारको तडक भडक नगरि त्यसलाई सामाजिक कार्यमा लगाउने उद्देश्यले गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेको बताउनु भयो ।  शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरहरुलाई बुटवलदेखी गुल्मी स्थीत आफ्नै जन्मथलोमा लगेर स्थानीय वालवालीकादेखि वृद्धवृद्धासम्मको निशुल्क रुपमा स्वास्थ्य परीक्षण गराईएको थियो ।

    शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नुका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त बिरामीहरुका लागि निःशुल्क रुपमा औषधिको समेत बितरण गरिएको थियो । बिहेको भोजमा हुने फजुल खर्चलाई बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरीब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताउनु भयो ।

    उहाँले यस्ता प्रकारका सामाजिक कार्यले आउँदा दिनमा अरुलाई पनि थप प्रेरणा प्रदान गर्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह गर्ने बताउनु भयो । आफ्नै घरदैलोमा आएर बिशेषज्ञ सहितको सेवा पाउँदा आफुहरु निकै खुसि भएको  स्थानीय पम्फा बिश्वकर्माले बताउनु भयो । उहाँले यस्ता प्रकारका पुण्य कामबाट आफु जस्ता धेरै मानिसलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनु भन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताउनु भयो ।

    सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आउनु भएको छ । आज भएको एक दिने शिबिरमा तीन सय भन्दा बढी बिरामीहरुको निशुल्क रुपमा स्वाथ्य परिक्षण गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology