Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पिकनिक हिँडेकाे बस दुर्घटना,२० जना घाइते

पिकनिक हिँडेकाे बस दुर्घटना,२० जना घाइते

  • 4.1K
    SHARES

  • पिकनिक हिँडेकाे बस दुर्घटना,२० जना घाइते

    दाङ,पुस १५ ।

    राप्ती राजमार्ग अन्तरगत सितलपुर-अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ । बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

    घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले २० जना जति घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको जानकारी दिनुभयो ।

    आँफुहरु घटनास्थल पुग्नु भन्दा पहिले नै चार पाँच जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    तुलसीपुर पठाइएका मध्य तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  बर्दियाबाट दंगिशरण– ३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. – १३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

    गाडी सडक छेउनमै वरालो झर्दै गर्दा सडकमै पल्टिएको छ, । ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology