Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस युनियनमा विधागत पत्रकारिता प्रवर्द्धन विभाग गठन,भण्डारी संयोजक

प्रेस युनियनमा विधागत पत्रकारिता प्रवर्द्धन विभाग गठन,भण्डारी संयोजक

  • 1.6K
    SHARES

  • प्रेस युनियनमा विधागत पत्रकारिता प्रवर्द्धन विभाग गठन,भण्डारी संयोजक

    बुटवल,पुस १४ ।

    नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवर्द्धन विभाग गठन गरेको छ ।युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशिल पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको महासचिव दिलिप पौडेलद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

    युनियनका अध्यक्ष शिव लम्सालले उपाध्यक्ष भण्डारीलाई यसअघि नै विभागीय संयोजक तोक्नु भएको थियो भने सदस्यहरु आज नियुक्त गरेर विभाग गठन गरेका हुन् ।

    विभागका सदस्यहरुमा सूचना प्रविधि विटबाट युनियनका सचिव सहदेव चौधरी, अनलाईनबाट सचिव छायाँचन्द्र भण्डारी, टिभिबाट सचिव अशोक तिवारी, रेडियोबाट सचिव नरहरि सापकोटा,कला साहित्यबाट केन्द्रीय सदस्य लोकराज अधिकारी, स्थानीय मामिलाबाट केन्द्रीय सदस्य शोभा केसी,संसदीय मामिलाबाट विष्णु खड्का,उर्जाबाट लक्ष्मण वियोगी, पर्यटनबाट मधुजंग पाण्डे, कृषिबाट राजेश बर्मा र स्वास्थ्यबाट बुद्धी कटेललाई नियुक्त गरिएको हो ।

    विभागका बाँकी सदस्यहरु भने पछि नियुक्त गरिने विभागीय प्रमुख भण्डारीले जानकारी दिए ।पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको महासचिव पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology