बुटवल, पुस १४ ।
रुपन्देहीको मर्चवारमा ७ वर्षीया बालिकाको हत्या भएको छ । मर्चवारी गाउँपालिका–१ इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।
उनको शव मर्चवारी–१ इस्लामपुरमा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ ।
हत्यामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)