Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानद्वारा बाहिरी ट्युमरको सफल अप्रेसन 

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानद्वारा बाहिरी ट्युमरको सफल अप्रेसन 

  • 969
    SHARES

  • राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानद्वारा बाहिरी ट्युमरको सफल अप्रेसन 

    दाङ,पुस १३ ।

    दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी ट्युमरको सफल अप्रेसन भएको छ ।

    प्रतिस्ठानका आर्थोपेडिक सर्जन डाक्टर बिकाश न्यौपाने सहितको टिमले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरस संग जोडिएको अनावश्यक मासु मंगलबार अप्रेसन गरि फालिएको हो । 

    बिरामिका अनुसार बिगत ९ बर्ष देखि दाहिने कुमको मासु देखाउदै धेरै ठाँउमा चेक गर्दा पनि उक्त समस्या समाधान हुन नसकेपछी उनी डाक्टर बिकास न्यौपाने संग भेट्न पुगेका थिए । डाक्टर बिकासले उनलाई सरल र सहज ढंगले सजिलै सम्पुर्ण प्रक्रिया पूरा गरि अपरेसन गर्न सुझाब दिएअनुरुप बिरामी अपरेसन गर्न मञ्जुर भएका थिए र उनको अपरेसन सफल भएको छ  । 

    राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले आधुनिक प्रविधिको प्रयोग गर्दै लुम्विनी प्रदेशका विभिन्न स्थानिय तहहरुका सर्वसाधारणहरुले सरल र सहज ढंगको स्वास्थ्य सेवा पाउने व्यवस्था गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology