Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बालकुमारी प्रदर्शन : दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु

बालकुमारी प्रदर्शन : दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु

  • 2.4K
    SHARES

  • बालकुमारी प्रदर्शन : दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु

    काठमाडौं, पुस १३ ।

    कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिकाे झडपमा दुईजनाको मृत्यु भएको छ। 

    शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँको भनाइ छ ।

    उहाँले प्रदर्शनको क्रममा घाइते भएकाको उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो। दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको मृत्यु भएको हो। 

    प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology