Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

समाजसेवी खरेल परिवारद्वारा कूलदेव मन्दिरलाई २३ लाख दान  

समाजसेवी खरेल परिवारद्वारा कूलदेव मन्दिरलाई २३ लाख दान  

  • 1.1K
    SHARES

  • समाजसेवी खरेल परिवारद्वारा कूलदेव मन्दिरलाई २३ लाख दान  

    कौरव खत्री/ बागलुङ  १२, पाैष ।

    गुल्मीको मुसिकाेट नगरपालिका ९ ददल्का थुम स्थित थानपति खराल कुलदेव मन्दिरकाे लागि एकै परिवारबाट २३ लाख बढिकाे आर्थिक  सहयोग प्राप्त भएकाे छ ।

    साेही वडाकै ददल्का  जन्म स्थान भइ हाल चितवन र काठमाडौं बसाेवास गर्दै आउनु भएका यस अलाङ्काेट सेवा समाज जापानका संस्थापक संरक्षक तथा पुर्व एनआरएनए आइ.सी सीका सदस्य एवम् समाजसेवी एवं सफल व्यवसायी  डिलाराम खरेल र उहाँका दाजु कुलराज खरेल,भाईहरू बावुराम खरेल र रामु खरेल,रमेश खरेल गरि पाँच  भाइकाे परिवारबाट तेइस  लाख,तेत्तीस हजार,तिन सय एकतिस रूपैयाँ थानपति खराल कुलदेव मन्दिरलाई आर्थिक सहयोग प्रदान गर्नुभएको कुलदेव मन्दिर  समितिका सचिव  कालिदास खरेलले जानकारी दिनुभयो ।

    थानपति खराल कुलदेव मन्दिर संरक्षण एवम्  सम्बर्द्धनकाे लागि गत पाैष ३ गते देखि १० गतेसम्म सञ्चालन भएकाे  वत्स गोत्रीय खरालहरुको कुल मन्दिर उद्घाटन एवम् मूर्ति प्राण प्रतिष्ठापन एवम् कुल पितृ मोक्षार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे अवसरमा उक्त  रकम सहयोग गर्नु भएको हाे ।2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology