काैरव खत्री / बागलुङ,पाैष १२ ।
बिष्णु आधारभूत विद्यालय गलकोट नगरपालिका ९ छिस बागलुङले आफ्नो स्थापनाको ३१ औँ जन्मोत्सव एवम् अभिभावक दिवस बिहीबार सम्पन्न गरेको छ ।बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनले शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु पर्नेमा जोड दिनुभयो ।साथै उहाँले शिक्षाको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।त्यस्तै सोही अवसरमा जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डे,गलकोट नगरपालिका वडा न ९ का वडाअध्यक्ष तेज बहादुर थापा,राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी,गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारी,जनजागृति माविका प्रधानाध्यापक तेजिन्द्र बहादुर बुढाथोकी,शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद चालिसे,विद्यालयका पुर्व विव्यस अध्यक्ष इन्दु प्रसाद खरेल,विद्यालयका सल्लाहकार ढगिन्द्र सापकोटा,विद्यालयका संस्थापक यज्ञ प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै विद्यालयका अक्षयकोषदाताहरूबाट विद्यार्थीहरूलाई कपी पेन सहितका सामग्री वितरण गरिएको थियो ।सोही अवसरमा कुर्सी दौड,भित्र बाहिर,चकलेट दौड,लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।सोही अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेमसागर सापकोटाले आर्थिक २०७९-८० को आम्दानी खर्चको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता तथा विद्यालयकी शिक्षिका सिता सापकोटा र विद्यार्थी अञ्जली पुन,प्रसंशा नेपालीको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रम सञ्चालन भने विद्यालयका शिक्षिका सरस्वती सापकोटाले गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)