बुटवल,पुस ११ ।
तिलोत्तमा १ मा रहेको एपेक्स स्कुलमा एपेक्स बाल कला तथा सहित्य महोत्सव २०८० भएको छ ।
महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार डा. कपिलदेव लामिछानेले विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलाप यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
महोत्सवमा विद्यार्थीहरुले विभिन्न कथा, गजल, कविता, क्षमताहरुहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य दिपक गौतमले नैतिकता सिकाउनका लागि साहित्यको प्रयोग गर्न सकिने भएकाले महोत्सवको आयोजना गरेको बताउनुभयो । विद्यार्थीहरुलाई सुरुमा प्रशिक्षण गरेपछि साहित्य महोत्सव गरिएको उहाले बताउनुभयो ।
विद्यार्थीहरुलाई सिर्जनशिल लेखन, अध्ययन कला, कथा लेखन, नाटक मञ्चल, लोक छन्द सम्बन्धी सहजीकरण समेत गरिएको छ । सोही अवसरमा विद्यार्थीहरुले खाना महोत्सवका साथै विज्ञान प्रदर्शनको समेत आयोजना गरेका थिए । महोत्सवमा विद्यार्थीहरुको बिशेष प्रस्तुती रहेको शिक्षक प्रभात केसीले जानकारी दिनुभयो ।
एपेक्सले हरेक बर्ष यसप्रकारका कार्यक्रम गर्दै आइरहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)