बुटवल,पुस १० ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल – ४ ले २७ औं स्थापना दिवसका अवसरमा सञ्चारकर्मीसहित विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।
संस्थाको २७ औं स्थापना दिवस – २०८०” कार्यक्रममा जेष्ठ नागरिक सम्मान, उत्कृट बचतकर्ता सम्मान, उत्कृष्ट बाल बचत, संस्थाको सम्पूर्ण बचत योजनामा सहभागी सदस्यहरुलाई सम्मान, उत्कृष्ट मासिक बचत कर्ता, ऋण उपभोक्ता सदस्यलाई सम्मान ,ईन्जिनियर सदस्यलाई सम्मान संस्थाको सहयोगी कर्मचारीहरुलाई नगद पुरस्कारलगायतका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
त्यस्तैगरी सहकारीका गतिविधिलाई सञ्चार माध्यमबाट प्रचारप्रसारमा योगदान पु¥याउने सञ्चारकर्मीहरु दैनिकपत्र राष्ट्रिय दैनिकबाट कृष्ण रणपाल, मेचिकाली दैनिकबाट रमेश पराजुली, रेडियो मुक्तिबाट प्रतिमा गौतम र दैनिक लुम्बिनीबाट सिमा पौडेललगायतलाई नगदरसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य तथा वरिष्ठ समाजजसेवी चित्रमान गौचनको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वलप्रसाद कसजू र अन्र्टाटिकामा पुग्ने व्यक्ति भुवनसिंह विश्वकर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।
सहकारीले २६ औं वर्ष सफलतापूर्वक पूरा गरी २७ वर्ष प्रवेशका अवसरमा संस्थालाई यहाँसम्म ल्याउन सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरुमा अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । सहकारीका सदस्यहरु रामेश्वर प्रसाद कसजू, विजयराज बस्याललगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा अन्र्टाटिकामा पुग्ने व्यक्ति भुवनसिंह विश्वकर्माले तयार पारेको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
सहकारीका सञ्चालक तथा महिला उपसमितिका संयोजक सुजिता शेरचनको स्वागत मन्तव्य, सञ्चालक तथा शिक्षा उपसमिति संयोजक डा.द्वारिका प्रसाद प्रधानको धन्यवाद ज्ञापनमा कार्यक्रमको सञ्चालन सहकारीका व्यवस्थापक विनोद प्रताप ज.व.रा. ले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)