बुटवल,पुस १०।
गुल्मी जुनियाँ तराई सम्पर्क समाज र १/९ जिआर कसिनो परिवार बुटवल–लुम्बिनीको संयुक्त आयोजनामा सिद्धार्थ आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको छ ।
तिलोत्तमा १ मा रहेको विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १/९ जिआर कसिनो परिवारका विरनारी गुनकमारी माझी(सारु) र गुल्मी जुनियाँ तराई सम्पर्क समाजका संस्थापक अध्यक्ष सुवेदार खड्कबहादुर शाहीले कम्प्युटर, लेखन सामग्री र खेलकुदका सामग्री प्रदान गरेका हुन् ।
सो अबसरमा बोल्दै समाजका संस्थापक अध्यक्ष सुवेदार खड्क बहादुर शाहीले बिद्यार्थी,शिक्षक ,अभिभावकबिच सामुहिक उद्धेश्यका साथमा शिक्षाको स्तरबृद्धिका लागि लाग्नुपर्ने बताउनुभयो । शाहीले समाजले सामाजिक कामलाइ सधै अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नरपालिकाका वडा नम्बर १ का अध्यक्ष फर्सराम गिरी,सिद्धार्थ आधारभुत विद्यालयका प्रधानाध्यापक रुपा शाही,सम्पर्क समाजका सल्लाहकार शशिधर भण्डारी, विष्णु शाही, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खिम बहादुर गुरुङ्ग, गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष कृष्ण थापा लगायतले आआफ्नो भनाई राखेका थिए ।सो अवसरमा समाजका सदस्यहरु मिना खत्री, पुष्पा खत्री, टिका शाही, लाल बहादुर आले, मुम सारु लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)