Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री चौधरीकाे गुनासाे :‘प्रदेशलाई अधिकार दिन संघले मान्दैन’

लुम्बिनीका मुख्यमन्त्री चौधरीकाे गुनासाे :‘प्रदेशलाई अधिकार दिन संघले मान्दैन’

  • 1.4K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीकाे गुनासाे :‘प्रदेशलाई अधिकार दिन संघले मान्दैन’

    बुटवल, पुस १० ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संविधानले दिएको संघीयताको पूणर् कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताएका छन्।

    मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको र जनतामा पनि निराशा उत्पन्न भएको मुख्यमन्त्री चौधरीको गुनासो थियो।

    गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री चौधरीले संविधानले दिएको संघीयता खत्तम नहुने तर संघीयता कार्यान्वयनको लागि सबै तहलाई पूर्ण अधिकार दिनुपर्ने बताए।‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन,’ मुख्यमन्त्री चौधरीले भने।

    मुख्यमन्त्री चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत संघियताको पूर्ण कार्यान्वयनको लागि प्रदेशका अधिकार प्रदेशलाई नै दिन आग्रह गरेको बताए। जग्गा प्राप्तीका व्यवधानका कारण विकास आयोजनाहरुमा धेरै समस्या हुने गरेको मुख्यमन्त्री चौधरीले गुनासो गरे। मुख्यमन्त्री चौधरीले सरकारी ऐन नियमहरु विकासका बाधक हुन नहुने बताए।
    लुम्बिनी प्रदेश सरकारले उद्योग स्थापना हुने र पर्यटक पुग्ने ठाउँलाई सडक संजालले जोड्ने निति बनाएको बताउँदै मुख्यमन्त्री चौाधरीले उद्योग व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरे।

    उनले विभिन्न देशका लागि नियुक्त गरिएका राजदुतहरुलाई सम्बन्धित देशमा नेपालको उत्पादनलाई प्रोत्साहन गर्न सघाउन आग्रह गरे।मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशभित्रका जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पुर्‍याएको योगदान महत्वपूणर् रहेको भन्दै मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए।

    कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताए।उनले शिक्षा र स्वास्थ्यलाई निशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनिकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने बताए।अर्का पुर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडी बढ्न नसकेको भन्दै सबैभन्दा पहिले वनका कानुन संसोधन गर्नेपर्ने खांचो औंल्याए।

    कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए। अध्यक्ष आलमले तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गरे।

    अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहित एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा समेत यसक्षेत्रमा मुटु अस्पतालमै पहिलो पटक शुरु भएको बताए।
    २०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट हालसम्म क्याथल्याबबाट चारहजार आठ जनाले एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा लिएको डा. गौतमले जानकारी दिए। त्यस्तै यसक्षेत्रका चारसय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन्।

    गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले भनाई राखेका थिए।

    कार्यक्रममा अस्पतालका विभिन्न शाखाबाट उत्कृष्ट कार्य सम्पादन गर्र्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने स्थापनाकालदेखि नै सेवा प्रदान गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology