बुटवल,पुस १०।
सुनगाभा पब्लिक जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस मावि बुटवलले जितेको छ । सुनगाभा पब्लिक स्कुल सैनामैना मुर्गियाले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर परेर आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ४२ विद्यालयलाई पछिपार्दै एभरेष्ट इङलिस माविले उपाधि जितेको हो । उपाधिसङै एभरेष्टले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र हात पार्यो ।
प्रतियोगितामा देवदह बुद्ध पब्लिक स्कुल द्वितीय, ग्रिन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुल तृतीय र सगरमाथा आवासीय मावि सान्त्वना भए । उनीहरुले क्रमसस् १० हजार, ५ हजार र ३ हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा ४२ विद्यालयबाट छनोट भएका एभरेष्ट, देवदह बुद्ध पब्लिक, ग्रिन प्लान्ट, सगरमाथा, प्रभात र कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रतियोगिताको अन्तिम राउण्डमा प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक मनिष गौतमले जानकारी दिनुभयो ।
बिजयी विद्यालय तथा बिद्यार्थीलाई बधाई तथा शुभकामना दिदै शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले हरेक विद्यालयले युग अनुकुल शिक्षा प्रदान गर्नुपर्ने जोड दिनुभयो । उहालेअग्रणी शैक्षिक संस्थाको रुपमा परिचित सुनगभा स्कुलले आगामी दिनमा पनि प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै परिवर्तित युग अनुकुल बालमैत्री शिक्षण सिकाई क्रियाकलापलाई अझ परिस्कृत गर्दै जानुपर्ने भनाई राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता तथा विद्यालयका सह प्राचार्य कमलचन्द्र पौडेलको संचालनमा भएको कार्यक्रममा नेशनल प्याब्सनका प्रदेश सहसचिव जेवी क्षेत्री, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडे, बिद्यालयका पुर्व अध्यक्ष लक्ष्मीदेवी जोशी, बिमला अर्याल, सन्चालक सदस्य शिवलाल गौतमलगायतले बिजय बिद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
विद्यालयले मंगलवार २७ औ बार्षिकोत्सव तथा अभिभावक मुलसमारोह भव्य रुपले मनाउने बिद्यालयका प्राचार्य तिलब केसीले जानकारी दिनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)