कौरव खत्री /गुल्मी,पुस ९ ।
गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराइमा रहेको सामुदायिक रेडियो छत्रभुमी ९३.६ मेगाहर्जको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ ।
प्रथम वार्षिक उत्सवको कार्यक्रममा सम्वोधन गर्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले छत्रभूमी रेडियोको उन्नति र प्रगतिले सञ्चार क्षेत्र र लोक संस्कृतिमा समेत प्रगति हुने बताउनुभयो । साथै उहाँले कला संस्कृतिले हामी सबैलाई जोड्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमको अवसरमा मुसिकोट नगरपालिका वडा न १ का कार्यवाहक अध्यक्ष विश्वध्वज खाती,मुसिकोट नगरपालिका वडा न २ का वडाअध्यक्ष रबिन्द्र केसी,नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार,नेपाली कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महत,नेपाली कांग्रेस प्रदेश ख का सभापति रेखा कुमार जिसी,नेपाली कांग्रेस मुसिकोट नगरपालिकाका कार्यवाहक सभापति टिकाराम सापकोटा, समाजसेवी हरिनारायण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । साथै वार्षिक उत्सवका अवसरमा खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ मनिषा विक प्रथम, इन्द्रा हितान द्वितीय भएकी छन् ।
त्यस्तै आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता तर्फ नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका १ पौदी अमराई,गुल्मी प्रथम र सोही वडाकै छत्रभूमी इङलिस बोडिङ स्कुल द्वितीय भएको छ ।
त्यस्तै जनज्योति माध्यमिक विद्यालय मुसिकोट नगरपालिका १ पौदी अमराई,गुल्मी तृतीय भएको छ ।कार्यक्रममा सोरठी भैलो प्रतियोगिता तर्फ नेपाल मगर संघ मुसिकोट नगरपालिका १ पौदी अरेवा गुल्मी प्रथम,मुसिकोट नगरपालिका १ सिम्ले राजबारी गुल्मी द्वितीय भएको छ ।
कार्यक्रममा सोरठी भैलो,हाजिरी जवाफ प्रतियोगिता,रेकर्ड डान्स प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारले सम्मान गरिएको थियोे ।
उक्त वार्षिकउत्सवका अवसरमा राष्ट्रिय कलाकार गणेश अधिकारी एवं स्थानीय कलाकार कमल बराल,धनमाया राना,बालकृष्ण बराल लगायतको साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियोे ।
त्यस्तै वार्षिक उत्सव कार्यक्रममा रेडियोका शेयर सदस्यहरू र उत्कृष्ट विज्ञापनदाताहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियोे। त्यस्तै कलाकार,जनप्रतिनिधि, सञ्चारकर्मी,सुरक्षाकर्मी एवं समाजसेवी लगायतलाई मायाको चिनोले सम्मान गरिएको थियोे ।
उक्त वार्षिकउत्सवका अवसरमा राष्ट्रिय कलाकार गणेश अधिकारी एवं स्थानीय कलाकार कमल बराल,धनमाया राना,बालकृष्ण बराल लगायतको साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियोे ।
वार्षिक उत्सवका सामुदायिक रेडियो छत्रभूमी सञ्चालक समितिका अध्यक्ष पुर्ण बहादुर हितानको अध्यक्षता तथा वयोवृद्ध एवं शेयर सदस्य भूपाल बहादुर रायमाझीको प्रमुख आतिथ्यता रहेको थियोे ।कार्यक्रम रेडियोका सहायक स्टेशन म्यानेजर सुरज कार्कीको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने रेडियोका स्टेशन म्यानेजर माधव खरेलले गर्नु भएको थियोे
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)