Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु

नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु

  • 1.5K
    SHARES

  • नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु

    नवलपुर,पुस ९ ।

    नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि  खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।  मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

    उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology