Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु

  • 1.0K
    SHARES

  • सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु

    सिन्धुली,पुस ९ ।

    सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको छ। सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।

     मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए।  

    बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology