Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा अर्याल

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा अर्याल

  • 786
    SHARES

  • राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा अर्याल

    बुटवल, पुस ८ ।

    राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषदको सम्पन्न प्रथम साधारण सभा तथा अधिबेशनले सुर्य नारायण अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

    परिषदको बरिष्ठ उपाध्यक्षमा सुमन शर्मा, उपाध्यक्षमा बाँकेप्रसाद भेडिघर नविन पाल, सागर भण्डारी सचिवमाा देवराज न्यौपाने, सहसचिवमा हेमाकुमारी शर्मा र कोषाध्यक्षमा अशोक शर्मा रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमा रवि गौतम, गोबिन्द रेग्मी, अमनकुमार गुप्ता, उमेश पोखरेल, नेत्र भट्टराई, राजु बस्नेत, विनोद तेली, धर्मराज अर्याल, दीपक न्यौपाने, राजु अधिकारी चयन भएका छन् ।

    साधारण सभा तथा अधिबेशनको राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका राष्ट्रिय अध्यक्ष भोलानाथ अर्यालले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै अध्यक्ष अर्यालले भन्सार एजेण्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न माग गर्दै यसलाई थप मर्यादित बनाउदै लैजानेमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology