बुटवल,पुस ८ ।
तिलोत्तमा जेसीजको अध्यक्षमा महेश शर्मा निर्वाचित भएका छन् । १२औं शाखा अधिवेशनबाट महेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको प्रमुख निर्वाचन आयुक्त विनित भट्टराईले जानकारी दिए।
नयाँ नेतृत्वको लागि दुई जनाको उम्मेदवारी परेको थियो। जसमा अध्यक्षमा निर्वाचित शर्माले ३९ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी रमेश न्यौपानेले १६ मत प्राप्त गरेका थिए । दुई कार्यकारिणी उपाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको थियो ।
जसमा प्रकाश न्यौपाने ४१ मत र भानु पोखरेल ३१ मत सहित विजयी भए । चार उपाध्यक्ष पदमा भने निर्विरोध भएको छ। उपाध्यक्ष पदमा विकास गौतम, ऋतु ज्ञवाली, नविन पोखरेल र महेन्द्र थापा निर्वाचित भएका छन्। अध्यक्षले मनोनित गर्ने कानुनी सल्लाहकारमा दीलकुमारी उपाध्याय, महासचिव पदमा प्रकाश न्यौपाने र कोषाध्यक्ष पदमा सुलभ वञ्जाडेलाई मनोनित गरिएको छ।
तिलोत्तमा जेसीजको वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्षहरु विनोद सुवेदी, निशानबाबु कार्की, जीवन गौतम, यादव भट्टराई, ईश्वर पाण्डे, जयप्रकाश भट्टराई, लोकप्रसाद भण्डारी, बासुदेव शर्माले शुभकामना व्यक्त गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)