Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा माबिको ६० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

तिलोत्तमा माबिको ६० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

  • 2.0K
    SHARES

  • तिलोत्तमा माबिको ६० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल,पुस ७ ।

    तिलोत्तमा माध्यमिक बिद्यालय बुटवल ६ को ६० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । करिब ५५० जना बिद्यार्थी रहेको साे बिद्यालयको बार्षिकोत्सव उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बोल्दै  शिक्षाको विकासको लागि सवैले आ आफ्नो ठाउँबाट  लाग्नुपर्ने बताए । उनले बुटवल शिक्षामा हवका रुपमा बिकास भैरहेको दाबी समेत गरे । 

    बिद्यालयका अध्यक्ष ताराप्रसाद ज्ञवालीले बिद्यलयले बिस्तारै गति लिएको र शैक्षिक गुणस्तर सुधार भैरहेको बताए । उनले गिरब तथा बिपन्न बिद्यार्थी र अभिभावकले शिक्षाका लागि तिलोत्तमा रोजेको दाबी गरे  ।

    सो अबसरमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनाल,शिक्षाा अधिकृत टिकाराम पन्थी,वडा न ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने,बिरमान लामा ,पुर्व अध्यक्ष बाबुराम बिश्वकर्मा,बिष्णु घिमिरे,सेतो गुराँसकी सुमित्रा शर्मा ,मित्रहरी आचार्य, रोटरी क्लव अफ लुम्बिनीका संस्थापक अध्यक्ष थानेश्वर पाण्डे ,प्रधानाध्यापक इश्वर प्रसाद रेग्मी लगायतले बोलेका थिए ।

    बिद्यालयको आर्थिक प्रतिबेदन सुजाता खाणले प्रस्तुत गरेको सो कार्यक्रमको स‌ंचालन भने शिक्षिका सम्झना नेपालले गरेकी थिइन् । सो अबसरमा बिभिन्न अक्षयकोषदाताहरु तथा सहयोगीहरुलाई सम्मान गरिएको छ ।tilo.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology