Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

  • 999
    SHARES

  • महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

    बुटवल, पुस ६ । 

    महिमा ज्योती मण्डली बुटवल–११ देवीनगरको आयोजनामा क्रिसमस डे को अवसरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न भएको छ ।

    महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्ण शर्माको अध्यक्षता तथा ज्योति मण्डली परिषद्का संस्थापक पाष्टर डा.सिमोन पाण्डेको प्रमुख आतिथ्यतामा शुभकामना आदान– प्रदान कार्यक्रम सम्पन्न भएको हो । यशु ख्रिष्टको जन्मदिनको अवसर पारेर मण्डलीले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

    शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले कसैलाई पनि धर्मकै आधारमा काखा–पाखा गर्न नहुने बताए । उनले धार्मिक स्वतन्त्रता वा धर्म मान्न, त्याग गर्न पाउने मानव अधिकार तथा अभिव्यक्ती दिन पाउने अन्तर्राष्ट्रिय मानव अधिकारले अधिकार दिएको समेत बताए ।

    कार्यक्रममा संविधानसभा सदस्य नजिर मिया, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा अध्यक्ष रामचन्द्र क्षेत्री, अन्टारटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, देवस्थल मन्दिर समितिका अध्यक्ष अशोक गुरूङ लगायतले बोलेका थिए । कार्यक्रममा मण्डलीको प्रगति तथा आर्थिक प्रतिबेदन सचिव सन्तोष चौधरीले  प्रस्तुत गरेका थिए ।

    कार्यक्रम ज्योति मण्डलीका परिषद्का अध्यक्ष मनोहर पाठकले परमेश्वरको वचन प्रस्तुत गरेका थिए । महिला अगुवा राधिका रानाकोे स्वागत तथा दिदीबहिनी अगुवा केरेन चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।manohar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology