Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारकै कारण ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

सरकारकै कारण ठूला आयोजनाहरु अलपत्र : पूर्वअर्थमन्त्री विष्णु पौडेल

  • 1.3K
    SHARES

  • सरकारकै कारण ठूला आयोजनाहरु अलपत्र  : पूर्वअर्थमन्त्री विष्णु पौडेल

    बुटवल,पुस ५ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका कारण ठूला आयोजनाहरु अलपत्र परेको आरोप लगाएका छन ।

    रुपन्देही व्यापार संघको आयोजनामा बिहीबार बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले सरकार जिम्मेवारीबाट भाग्दा निर्माण पूरा भएका आयोजनाहरु सञ्चालन नभएको र निर्माणधिन आयोजना निकै सुस्त बनेको बताएका हुन । रुपन्देही निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुमा सरकार मुख्य दोषी रहेको बताए ।

    ‘भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल कम दुःखले बनाएको होईन, तर आज एयरपोर्ट सरकारकै कारण चल्न सकेको छैन’ नेता पौडेलले आक्रोश पोख्दै भने –‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’

    उनले प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय सरकारका जनप्रतिनिधिहरुले काम गर्ने भन्दै गुनासो नगर्न आग्रह गरे ।  उनले विमानस्थल कुनै पनि हालतमा आफुहरुले चलाउने दावी गरे । ‘व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामीले चलाएर छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाउछौं’ उनले भने ।

    पूर्व अर्थमन्त्री पौडेलले बुटवल नारायणगढ सडक निर्माणमा पनि चरम ढिलासुस्ती भएको बताए । उनले निर्माण कम्पनीले ढिला सुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बसेको आरोप लगाए । ‘सडक निर्माणको ढिला सुस्ती ‘टु मच’ भइसक्यो’ उनले भने –‘सडक विभाग के हेरेर बसेको छ, मन्त्रालयले काम गर्नुपर्ने होईन ।’ उनले बुटवल नारायणगढ सडकमा अब ढिलासुस्ती सह्य नहुने बताए ।  बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलले आरोप लगाए । बुटवललाई आकर्षित र विकासशील सरकार बनाउन आफू अविछिन्न रुपमा लाग्ने उनले प्रतिबद्धता जनाए ।

    तिनाउ–दावन करिडोरका लागि छुटाइएको बजेट कटौती गरेर निर्माणमा चुनौती खडा गरिएको उनको भनाइ छ ।  

    कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरी, बुटवल नगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै बुटवलको अर्थतन्त्रमा मेलाले महत्वपूर्ण सहयोग गर्ने बताए । आगामि पुस १८ गतेसम्म चल्ने मेलामा ६ सय बढि स्टल राखिएको छ । लुम्बिनी एक्सोमा करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकले बताएका छन ।MELA.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology