बुटवल,पुस ५ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । बिहिबार बसेको बस्तगत भेलाले दीपक वास्तोलाको सभापतित्वमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको हो ।
समितिको उपसभापतिमा मोहनीलाल न्यौपाने, सचिवमा सनत गाैतम, कोषाध्यक्षमा दीपक भुसाल र सदस्यहरुमा पुरुषोत्तम गौतम, नारायणबहादुर जिसी, देवीराम पाण्डेलाई चयन गरिएको छ ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारीले भनाई राख्दै व्यवसायीको हकहित र समस्या समाधानमा मिलेर काम गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रम संघका कार्यसमिति सदस्य फुड एण्ड वेभरेज बस्तुगत समितिका समन्वयकर्ता कृष्ण पाण्डेको अध्यक्षतामा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)