बुटवल, पुस ४ ।
जनता माध्यमिक बिद्यालय बुटवल ८ रामनगरको ५१ औं बार्षिकोत्सव तथा अभिभाबक दिवस सम्पन्न भएको छ ।
बिद्यालयका अध्यक्ष झपटबहादुर गुरुङ जेबीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल नगर प्रमुख खेलराज पाण्डेयले समय सापेक्ष गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।
उनले बुटवल शिक्षाको हव बन्दै गइरहेको भन्दै सामुदायिक बिद्यालयको बिकासका लागि नीति बनाइएको उल्लेख गरे ।सो अबसरमा बोल्दै प्रधानाध्यापक आशा बस्नेत क्षेत्रीले बिद्यालयको भौतिक साथै गुणस्तर बढाउदै लगिएको बताइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनाल,वडाध्यक्ष यज्ञ प्रसाद पंगेनी, हिसान अध्यक्ष दिनेश भुसाल,कालिका क्याम्पस प्रमुख घनश्याम पाठक,उद्योगी गणेश अधिकारी,भरत अधिकारी, समाजसेवी माया गौतम लगायतले बोल्दै बिद्यालयको बिकासमा सबै लाग्नुपर्ने बताए ।
सो अबसरमा लायन्स क्लव अफ लुम्बिनी इन्जिनियसिरङले बिद्यालयलाइ ५० हजारको चेक हस्तान्तरण गरेको छ ।सो अबसरमा बिद्यालयका उत्कृष्ट शिक्षक,बिद्यार्थीलाइ सम्मान समेत गरिएको बिद्यालयले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)