Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन भाेलिदेखि जनकपुरधाममा सुरु हुँदै

काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन भाेलिदेखि जनकपुरधाममा सुरु हुँदै

  • 1.1K
    SHARES

  • काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन भाेलिदेखि जनकपुरधाममा सुरु हुँदै

    जनकपुरधाम,पुस ४ ।

    नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन बिहीबार जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

    सम्मेलनको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उनीसँगै अरु शीर्ष नेता पनि सम्मेलनमा सहभागी हुन आउने उनले बताए ।

    बुधबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति यादवले बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्द सत्र सञ्चालन हुने जानकारी दिए । उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । बन्दसत्रमा भने ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसेको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट पारित भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology