Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेफ्स्कूनको साधारणसभा र निर्वाचन पुस ७ र ८ गते काठमाडौंमा हुने

नेफ्स्कूनको साधारणसभा र निर्वाचन पुस ७ र ८ गते काठमाडौंमा हुने

  • 1.1K
    SHARES

  • नेफ्स्कूनको साधारणसभा र  निर्वाचन पुस ७ र ८ गते काठमाडौंमा हुने

    बुटवल,पुस ३ ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले निर्वाचन सहितको ३२ औं वार्षिक साधारण सभाको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    धनबहादुर श्रेष्ठ संयोजक रहेको निर्वाचन उप-समितिले आज कार्यतालिका सार्वजनिक गरेको हो । संघको निर्वाचन निर्देशिका २०७० (संशोधन ७६) को दफा ९ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो ।

    नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा आगामी पुस ७ गते ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । नेफ्स्कूनको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ ।

    कार्यतालिका अनुसार प्रथम पटक मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध र संशोधन, अन्तिम पटक मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त, उम्मेदवारको नामावली प्रकाशन (प्रथम पटक), उम्मेदवार विरुद्ध दाबी विरोध र निर्णय पुष ७ गतेका लागि तोकिएको छ ।

    उम्मेदवारी फिर्ता, उम्मेदवारको नामावली प्रकाशन (अन्तिम), मतदान पुस ८ गतेको लागि तोकिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology