काैरव खत्री / बागलुङ,पाैष ३।
बागलुङको गलकाेट नगरपालिका १० पाण्डवखानी स्थित पाण्डवखानी माध्यमिक विद्यालयको हिरक जयन्ती महोत्सव साेमबार सम्पन्न भएको छ ।हीरक जयन्ती महाेत्सवकाे समापन समारोहमा बरिस्ठ सरूवा राेग विशेषज्ञ डाक्टर शेर बहादुर पुनकाे प्रमुख आतिथ्यता रहेको थियोे ।
साथै हीरक महाेत्सवकाे अवसरमा पाण्डवखानी माध्यमिक विद्यालयका संरक्षक नीरज पुनले हीरक जयन्ती महाेत्सवकाे उदेश्य माथि प्रकाश पार्दै विद्यालय स्थापना गर्नेहरूप्रति सम्मान प्रकट गर्नुभएकाे थियो ।
त्यस्तै महाेत्सवका अवसरमा नेपालका चर्चित कलाकार एवं उत्प्रेरक मनोज गजुरेल र बरिस्ठ सरूवा राेग विशेषज्ञ डा.शेर बहादुर पुनकाे उत्प्रेरकमुलक मन्तव्य राख्नु भएकाे थियो ।
साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवम् प्राविधिक धार सहित उच्च शिक्षाको जग बसाल्ने प्रमुख लक्ष्य सहित “समय सापेक्ष गुणस्तरीय शिक्षा; सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा ” भन्ने मुल नारा सहित गत मंसिर २९ गतेदेखि शुरू भएकाे विद्यालयको ६२ ओैँ वार्षिकोत्सव तथा हीरक जयन्ती महाेत्सव पाैष २ गते अर्थात साेमबार सम्पन्न भएकाे थियो ।
महाेत्सवका अवसरमा विद्यालयका संस्थापक, भवनदाता एवम् दानवीर, पूर्व विद्यार्थी,छात्रवृत्तिदाता,अक्षयकोषदाता,विशिष्ट याेगदान दिने व्यक्तिहरू लगायतलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियो ।
साथै हीरक जयन्ती महोत्सवकाे अन्तिम दिनसम्म करिव ३ कराेड ५० लाख बराबरको दान संकलन भएको पाण्वबखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिनुभयो ।साथै हिरक जयन्ती महाेत्सवका अवसरमा राष्ट्रिय कलाकार देवी घर्ती,जुना श्रीस,नविन राना,दिलु सलामी लगायत स्थानीय साेरठी भैलाे,झाकी र विद्यालयका साँस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएकाे थियो ।
साथै महाेत्सवमा विद्यालयकाे हिज्जे प्रतियोगिता,गणित दौड, हाजिरीजवाफ तथा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता,बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।साथै हीरक जयन्ती महाेत्सवलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक सुनारले धन्यवाद दिनुभयो ।
हीरक जयन्ती महोत्सवको समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षता तथा कार्यक्रमकाे सञ्चालन भने विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)