Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल मा ‘नेफ्फ्यो स्प्रेसो एकेडेमी’ (कफी स्कुल) संचालन

बुटवल मा ‘नेफ्फ्यो स्प्रेसो एकेडेमी’ (कफी स्कुल) संचालन

  • 1.4K
    SHARES

  • बुटवल मा ‘नेफ्फ्यो स्प्रेसो एकेडेमी’ (कफी स्कुल) संचालन

    बुटवल,पुस २ ।

    बुटवल ११ देवीनगरमा नेफ्फ्यो स्प्रेसो एकेडेमी (कफी स्कुल) स‌ंचालनमा आएको छ ।  २६ बर्षिय नवीन अधिकारीले २० लाख लगानीमा होराइजन स्कुल अगाडी स्प्रेसो एकेडेमी स‌ंचालनमा ल्याएका हुन् ।

    बिभिन्न स्थानमा काम गरेको अनुभवलाइ स‌गालेर उनले आफ्नै लगानीमा कफी स्कुल स‌ंचालन गरेको बताए । उनको नेफ्फ्यो स्प्रेसो एकेडेमीमा अहिले खासगरि बारिष्टा ट्रेनिङ र सुसी (जापनीज खाना) बनाउने तालिम चलिरहेको छ ।उनले भने(‘मैले सन् २०१९ बाट सिकाउन थालें,डेढ बर्षदेखि होराईजनचोकमा चलाएको छु,होटलहरुमा कामका लागि बिदेश जानेहरुले यो कोर्ष तालिम अनिबार्य नै छ ।’

    २० प्रतिशत थ्योरी,८० प्रतिशत प्राक्टिकल गरेर सिकाएको उनको भनाइ छ । उनले डेढ बर्षमा २सय(३सय बिद्यार्थीलाई सिकाएंको बताए ।
    बारिष्टा ,सुसी ९जापनीज खाना० १ महिने कोर्ष दैनिक २ घण्टा , यसमा बेसिक,एडभान्स र प्रोफेसनल तालिम चलाउने गरेको उनले सुनाए ।सुसीतर्फ सेफ सुरज जर्गाले तालिम दिने गरेका छन् ।

    बारिष्टालाइ  मासिक २० हजार शुल्क लाग्ने उनको भनाइ छ ।  उनले भने - ‘बारिष्टामा आर्ट बढी महत्वपूर्ण हुन्छ बिदेश जानेहरु सीप नसिकी जाँंदा समस्या हुन्छ ,कमाइ पनि कम हुन्छ । ’ coffee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology