Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

फूलबारीमा मृत भेटिए शाइन डेभलपमेन्ट बैङ्कका कर्मचारी प्रकाश शर्मा

फूलबारीमा मृत भेटिए शाइन डेभलपमेन्ट बैङ्कका कर्मचारी प्रकाश शर्मा

  • 4.0K
    SHARES

  • फूलबारीमा मृत भेटिए शाइन डेभलपमेन्ट बैङ्कका कर्मचारी प्रकाश शर्मा

    बुटवल,पुस २ ।

    बुटवलमा एक युवा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा  झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

    फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

    लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले यस विषय अनुसन्धान सुरु गरेको बताए ।

    आँशु उपनामले परिचित उनी बेलाबेलामा कविता समेत लेखेर वाचन गर्ने गर्दथे ।prakash sharma.png 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology