Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कांग्रेस लुम्बिनीको निर्देशन : ‘राष्ट्रिय सभाका लागि बाह्रै जिल्लाबाट १–१ जना उम्मेदवारको नाम पठाउनू’

कांग्रेस लुम्बिनीको निर्देशन : ‘राष्ट्रिय सभाका लागि बाह्रै जिल्लाबाट १–१ जना उम्मेदवारको नाम पठाउनू’

  • 1.1K
    SHARES

  • कांग्रेस लुम्बिनीको निर्देशन : ‘राष्ट्रिय सभाका लागि बाह्रै  जिल्लाबाट १–१ जना उम्मेदवारको नाम पठाउनू’

    बुटवल,पुस १ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि प्रत्येक जिल्लाबाट एक–एक जनाको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । 

    कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता आइतबार बुटवलमा बसेको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट एक–एक जना उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको हो। बैठकमा केन्द्रीय सदस्य तथा सांसद डा चन्द्रकान्त भण्डारी पनि उपस्थिति भएका थिए ।  

    यस्तै बैठकले हालै सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उपलब्धि मूलक भएको ठहर गरेको छ ।   बैठकले सम्मेलनबाट पारित भएका कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । यस्तै प्रदेशका स्थानीय तहमा कांग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न  पार्टीको प्रदेश तहबाट टोली खटाउने निर्णय गरेको पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले बताए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष १ २०८००८:५९:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology