Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मुख्यमन्त्री पाण्डेद्वारा पाण्डवखानी माविको हीरक जयत्नी महोत्सव उद्घाटन

मुख्यमन्त्री पाण्डेद्वारा पाण्डवखानी माविको हीरक जयत्नी महोत्सव उद्घाटन

  • 1.2K
    SHARES

  • मुख्यमन्त्री पाण्डेद्वारा पाण्डवखानी माविको हीरक जयत्नी महोत्सव उद्घाटन

    कौरव खत्री / बागलुङ,पौष १ ।

    बागलुुङको गलकोट नगरपालिका १० पाण्डवखानी स्थित रहेको पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयत्नी महोत्सवको शनिबार उद्घाटन गरिएको छ ।

    हीरक जयन्ती महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  यस ठाँउमा जन्मेर हुर्केर र बढेर हाल रोजगारीको शिलशिलामा बाहिर  भएता पनि  आफ्नो जन्मभूूमीलाई गरेको सहयोग निकै  उदाहरणीय रहेको बताउनुभयो । साथै उहाँले १५ दिनमै ३ करोड आर्थिक सहयोग जुटाउन सफल भएकोमा विद्यालयलाई धन्यवाद दिनुुभयो ।
    त्यस्तै मुख्य मन्त्री पाण्डेले सधेयौ देखीको सामाजिक सद्भावलाई कायम राख्नु पर्नेमा जोड दिदै  उहाँले पाण्डवखानीको समाज एककठ्ठा र एकीकृत रहेको बताउनु भयो ।

    त्यस्तै उहाँले गण्डकी प्रदेशले विग स्कुल,लिड स्कुल र रेसीडेण्सिएल स्कुल गरि तिन किसिमले स्कुललाई  वर्गीकरण गर्ने नयाँ कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।साथै उहाँले रोजगारी सिर्जना गर्ने र स्वरोजगार कसरी बनाउने भन्नेमा जोड दिदै उहाँले केही गरौं र यहीँ सकिन्छ र यहीँ गरौं भन्ने भावना विकसित  गर्नुपर्ने बताउनु भयो ।

    साथै सोही अवसरमा विद्यालयका संरक्षक निरज पुनले विद्यालयको परिकल्पना गर्ने र जग बसाल्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । साथै उहाँले भावी सन्ततीको लागि योजना बनाईदिएको भन्दै  महाअभियानमा सहभागी भएर समर्थन र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । 
    त्यस्तै पनुले अहिले पाण्डवखानी माध्यमिक विद्यालयको शैक्षिक प्रक्रियाको सुर र ताल मिलेको बताउनुभयो ।त्यस्तै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पाण्डवखानी माध्यमिक  विद्यालयको शैक्षिक अभियानमा गलकोट नगरपालिका पनि सहयोगी बनेर आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

     साथै उद्घाटन समारोहमा गलकोट नगरपालिका  नगरउप प्रमुख फमलाल निउरे,विद्यालयका भवनदाता एव सल्लाहकार मानसिंह छन्त्याल, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।साथै हीरक जयन्ती महोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनारले विद्यालयको आर्थिक बर्ष २०७९र८०को आम्दानी खर्चको प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।

    साथै हीरक महोत्सवका अवसरमा विद्यालयका संस्थापक भक्क्त बहादुर पुन, भवनदाता तथा प्रमुख सल्लाहकार मानसिंह छन्त्याल,संस्थापक शिक्षक नर बहादुर श्रीस,रन बहादुर श्रीस,विशिष्ट योगदान दिने  गिरीप्रसाद घर्ती एंव विद्यालयका संस्थापक सहयोगी,विशिष्ट योगदानकर्ता,पत्रकार  लगायतलाई दोसल्ला र सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । “सयम सापेक्ष गुणस्तरीय शिक्षा, सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा” भन्ने मुल नारा सहित गत मंसिर २९ गते देखि शुरु भएको विद्यालयको ६२ औं बार्षिकोउत्सव तथा हीरक जयन्ती महोत्सवमा पूर्व विद्यार्थीवीच मैत्रीपूर्ण भलिवल तथा व्याडमिन्टन,विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम,दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती कमाएका पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा  स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका लगायतका सांस्कृतिक कार्यक्रम सहित यहि पौष ३ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

    CM PANDEY.jpg

    साथै महोत्सवका अवसरमा शनिबारदेखि शुरू भएको बृहत नि शुल्क स्वास्थ्य शिविर आइतबारसम्म सञ्चालन हुने जनाइएको छ ।महोत्सवको उद्घाटन समारोहमा पाण्डवखानीको स्थानीय सोरठी भैलो,बाजा जागा सहित  विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियोे ।हीरक जयन्ती महोत्सवको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षता तथा हीरक जयन्ती महोत्सवका संयोजक डाक्टर दिपक काउचाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने हीरक महोत्सव कार्यकारिणी समितिका सचिव तुल बहादुर विकले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology