बुटवल,पुस १ ।
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल बिस्तारलाई तिब्रता दिएका लुभरे होटल्स ग्रुप, गोल्डेन टुलिप ब्रान्डमा सरोवर होटल एण्ड रिसोर्ट्सको ब्यवस्थापनमा रुपन्देहीमा चेन होटल संचालनमा आउने भएको छ ।
नेपालमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पा का सिईयो सन्तोष कुमार केसी र सरोवर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोक कुमार बकायाका बिच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । एक वर्षभित्र संचालन हुने गरि तिब्र रुपमा पुर्वाधार काम अघि बढेको सानिभाका सिईयो सन्तोष कुमार केसीले बताए ।
सानिभा इन बुटिक होटल एण्ड स्पाका सिईयो सन्तोष कुमार केसीले निक्कै द्रुत गतिमा पुर्वाधारको काम अघि बढेको बताए । ‘फागुन २०७९ मा शुरु गरेर निक्कै छिटो काम भैरहेको छ ।’—उनले भने । अबको एक वर्षमा होटल संचालनको तयारी रहेको उनले बताए । भैरहवामा सबैभन्दा लक्जरी होटलका रुपमा चिनिने गरि पुर्वाधार तयार गर्न लागेको उनले बताए । ‘यो कठिन समयको च्यालेन्जरलाई ट्याकल गर्ने रुपमा रणनिति पनि हो ।’—उनले भने ।
जिङज्याङ कम्पनी जसको १३ करोड लोयल्टी मेम्बर छन । यो मेम्बरलाई लक्षित गरि रणनिति बनाएको भन्दै उनले सानो पर्यटक ल्याउन सकेपनि राम्रो उपलब्धि हुने बताए । अहिले होटलमा ५२ बढि रुमहरुबाट शुरु गर्ने लक्ष्य रहेको उनले बताए । विज्ञ समुहसहितको टिमको सहयोगमा काम अघि बढ्ने बताए । जग्गाको मूल्य छोडेर ५० करोड रुपैया लागत रहेको होटलमा स्थानियलाई रोजगारमा प्राथमिकता दिने बचन दिए ।
होटलमा रुफ टप बार, स्विमिंग पूल सहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरु रहने छन जसले यस होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउनेछ । एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको छ । नेपालमा सरोवर समूहको होटलहरू बढ्दो पाइपलाइनमा छन् जसमध्ये सरोवर पोर्टिको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोवर पोर्टिको काठमाडौं मा २०२४-२५ सम्म खोल्ने तालिका रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोष कुमार पाण्डेले भारतिय पर्यटक ४ लाखभन्दा बढि रकम लिएर आउन पाउने गरि नीति बनाउन संघ सरकारमा सुझाव दिएको बताए । काठमाडौ भनेको नेपाल भन्ने सोचलाई परिवर्तन गर्न जरुरी रहेको भन्दै नेपाल भनेको लुम्बिनी पनि हो भन्ने बुझाउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले अन्तर्राष्ट्रिय बिमानस्थल शुुरु भैसकेको उनले दाबी गर्दै थप समस्याहरु हट्ने बताए । कार्यक्रममा हानका केन्द्रीय सदस्य गोपाल रानाले पर्यटनलाई कृषिसंग जोडेर आर्थिक रुपमा सबल हुन सकिने सिकाई कोभिड संक्रमणको समयमा देखिएको बताए ।कार्यक्रममा सरोवर होटल एण्ड रिसोर्ट्सको सिईयो अशोक कुमार बकायाले पर्यटनबाट विकासको ढोका खोल्न सकिने भन्दै नेपाल पर्यटकका लागि उत्कृष्ट गन्त्ब्य भएको बताए ।
भारतमा सबैभन्दा तीब्र रुपमा अघि बढिरहेको होटल समूह सरोवर होटल्स एण्ड रिसोर्ट्सले नेपालमा गोल्डेन टुलिप ब्राण्डको होटल खोल्न शनिभा इन बुटिक होटल एण्ड स्पासँग व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । गोल्डेन टुलिप भैरहवा सरोवर होटल्स एण्ड रिसोर्टको बढ्दो पोर्टफोलियोमा १२ औं तथा नेपालमा पहिलो गोल्डेन टुलिप हुनेछ । मे २०२४ सम्ममा पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको यो होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर टाढा अवस्थित छ । यसमा आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएका ५२ वटा विशिष्ट र सुसज्जित कोठाहरू हुनेछन । दुई उत्कृष्ट रेस्टुरेन्टहरूले पाकशास्त्रिक यात्रा प्रदान गर्नेछन । जसले शहरको समृद्ध खानाको दृश्यलाई पूरक बनाउने छ ।
यस होटलमा रुफ टप बार, स्विमिंग पूल सहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरु रहने छन जसले यस होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउनेछ । एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको छ । नेपालमा सरोवर समूहको होटलहरू बढ्दो पाइपलाइनमा छन् जसमध्ये सरोवर पोर्टिको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोवर पोर्टिको काठमाडौं मा २०२४÷२५ सम्म खोल्ने तालिका रहेको छ । सरोवर होटल्स प्रा. लि. भारतभरि र बाहिर सरोवर होटल्स प्रा. लि. एक अग्रणी होटल व्यवस्थापन कम्पनी हो र भारतमा सबैभन्दा छिटो बढ्दो होटल चेनहरू मध्ये एक हो ।
उद्योगका दिग्गजहरूको टोलीको नेतृत्वमा कम्पनीले सरोवर प्रिमियर, सरोवर पोर्टिको, होमटेल र गोल्डेन टुलिप ब्रान्डहरू अन्तर्गत भारत र विदेशमा ७० बढी गन्तव्यहरूमा १०० भन्दा बढी होटलहरू सञ्चालन तथा व्यवस्थापन गर्दछ । ब्रान्डहरूले ३, ४ र ५–तारे स्पेक्ट्रम कभर गर्दछ । सरोवर होटल्सले विभिन्न प्रतिष्ठित बिजनेस स्कूलहरूमा सेवाहरूको व्यवस्थापनका साथ कर्पोरेट आतिथ्य सेवा विभाग पनि सञ्चालन गर्दछ ।
भारत भरि १२ क्षेत्रीय सेल्स तथा रिजर्भेशन कार्यालयहरु सहित सरोवर होटल्स एण्ड रिसोर्ट्स आज भारतमा सबै भन्दा ठूलो र सबै भन्दा विविध होटल व्यवस्थापन कम्पनीहरु मध्ये एक बनेको छ । सरोवर होटल्स पेरिसमा मुख्यालय रहेको विश्वव्यापी आतिथ्य उद्योगको एक प्रमुख खेलाडी ग्रुप डु लुभ्री को एक हिस्सा हो जसको पोर्टफोलियोमा अहिले ६० देशहरूका १७ सय होटलहरू समावेश छन् । सरोवरले आप्mनै ब्रान्डहरुको साथमा ग्रुप डु लुभ्रीको ऐतिहासिक ब्रान्डहरू (गोल्डेन टुलिप, रोयल टुलिप, टुलिप इन) का ३ देखि ५ तारेसम्मको पूर्ण होटलहरु सञ्चालन गर्दछ ।
यसैबिच बुटवलका क्रियाशिल पत्रकार बिकास पराजुलीको नवजात शिशुको उपचारका लागि सानिभा इन बुटिक होटल एण्ड स्पा का सिईयो सन्तोष कुमार केसीले १५ हजार रुपैया सहयोगको घोषणा गरेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)