Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा एकिकृत समाजवादी सिद्धार्थनगरमा कसौधन निर्वाचित

नेकपा एकिकृत समाजवादी सिद्धार्थनगरमा कसौधन निर्वाचित

  • 1.1K
    SHARES

  • नेकपा एकिकृत समाजवादी सिद्धार्थनगरमा कसौधन निर्वाचित

    बुटवल, पुस १ ।

    नेकपा (एकीकृत समाजवादी ) सिद्धार्थनगर कमिटी रुपन्देहीको अध्यक्षमा शार्दुल मयुर कसौधन निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न भएको नेकपा एकिकृत सिद्र्धाथनर कमिटिको प्रथम अधिवेशनले युवा नेता कसौधनको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वापचत गरेको हो । उपाध्यक्षमा बिनोद क्षेत्री, सचिवमा श्रीकान्त उपाध्यय, उप– सचिवमा उत्तम कुमार जिसि र अर्का उप– सचिव  अविरल पन्थि निर्वाचित भएका छन ।

    यस्तै सदस्यहरुमा बासुदेव कार्की, इजहार वारिस, बिनोद कुमार क्षेत्री, बल बहादुर थापा,  दिनेश ठाकुर,  सनोज गुप्ता,  शिशिर गुरुङ,  अजय यादव, सन्त कुमार कुर्मी,  सुनिल धवल,  मुस्ताक अहमद भाट,  बिजय पासवान,  पुष्पन कुमार जि सि,  श्रीनिवास उपाध्याय, उज्जवल जोशी, सुरेश बरइ, मेहेबुब आलम, असलम खान,  खालिद खान, बसन्त क्षेत्री, सौरभ मास्के,  सुदिप रजक र बिकाश गुरुङ निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष कसौधनले आम नागरिकका पक्षमा पार्टी गतिविधिलाई चलायमान बनाउने प्रतिबद्धता जनाए ।samaj.jpg

    नेकपा एकिकृत समाजवादीका महासचिव पूर्वमन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी ५३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

    अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकका लागि अहिले सुशासन र रोजगारी आवश्यक रहेको बताए । उनले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले दुःख पाएको टिप्पणी गरे । ओलीको कारण मुलुकको राजनीतिमा भूकम्प आएको र अहिले पनि पराकम्प आइरहेका र बैंकको ऋण नतिर्नेले तर्साइरहेको बताए ।

    अधिवेशनमा  नेकपा (एस) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरे, पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज बाबुलाल यादव, पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज उमा काफ्ले, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य कमल भण्डारी, लुम्बिनी प्रदेश सदस्य आनन्द प्रसाद गुप्ता, नेकपा (एस) रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव, निर्वतमान अध्यक्ष राम बहादुर बस्नेत, सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारी लगायतले बोल्दै नेकपा एसलाई जनताको पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology