Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन: सुरुवात

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन: सुरुवात

  • 1.1K
    SHARES

  • लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन: सुरुवात

    बुटवल, मंसिर ३० ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन सुरुवात भएको छ। शनिवार एक समारोहबीच धाम निर्माणको पुन सुरुवात गरिएको हो । विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन सुरुवात गरेका थिए। त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

    समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको रोकिएको काम पुन सुरुवात गरिएको बताए। नेपाल भौतिक रुपमा कम्जोर भएपनि संसारको सबै भन्दा धनि हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे। करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे। यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ।

    लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए। नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन्।

    विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ। कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे। ३४ सय बर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ती धाम ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर ३० २०८००९:४०:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology